अपडेट 
२०८० माघ २३, मंगलवार १५:३१

भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीको परिवारका सदस्यलाई रोजगारीको व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । 

आज मन्त्रालय स्तरीय बैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख व्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप रोजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । बैठकमा मन्त्री चौधरी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जोशी लगायतका कर्मचारीहरू उपस्थित थिए ।

बैठकमा मन्त्री चौधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई रोजगारी दिने र गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।

सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News