अपडेट 
२०८० माघ २३, मंगलवार १६:०१

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमा आएको सुझावहरूलाई समेत समेटेर परिमार्जन सहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चार बर्ष अघि उक्त विधेयक ल्याएको थियो । 

Comment


Related News

Latest News

Trending News