अपडेट 
२०८० माघ २३, मंगलवार १७:१४

बैंक,लघुवित तथा सहकारीको नितीगत अत्याचार विरुद्ध हिन्दु राष्ट्र सहितको माग सहित जनकपुरधाममा वृहत आमसभा हुने भएको छ ।

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ अभियानले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २५ गते जनकपुरधामको बारहविघामा दुर्गा प्रसाईको प्रमुख अतिथ्यतामा आमसभा हुने जनाएको छ । अभियानका मध्यमाण्चल संयोजक गणेश कुमार साहले यससभाबाट बैंक तथा लघुवितहरुको अत्याचारको भण्डाफोर गरि सरकारलाई जनताको रिण माफ गर्नका लागि घुँडा टेकाउने बताए । यस अभियानले विगत एक वर्ष देखि आफनो अभियान संचालन गर्दै आएको र यसमा लाखौ जनताको सहभागीता भईसकेकोले अभियानलाई सार्थकता बनाउन सबैको सहभागीता आवश्यक रहेको बताए । उनले भने,‘अभियानको १८ वटा बुंदा मध्ये हिन्दु राष्ट्रको माग पनि एक रहेको तर राजा फर्काउने कुरा हाम्रो अभियान अन्तरगत रहेको छैन,विश्वको एकमात्र हिन्दु मुलुकलाई पुनः फर्काउने र यसबाट कुनै जाती धर्मलाई कुनै फरक पर्नेछैन ।’मुलुकका लागि संघियता अभिशापको रुपमा भएकोले संघियतालाई समाप्त पार्दै जनतालाई अर्थतन्त्र धान्ने नाउमा करको भारीबाट उन्मुक्ति दिलाउनु अभियानको संकल्प रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News