
जनकपुरधाम वडा नम्बर ५ मा ज्येष्ठ नागरिकहरूलाई कम्बलसहित सामग्री वितरण गरिएको छ ।
जनकपुरधाम वडा ५ कार्यालयले मंगलबार ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरी उनीहरूले कम्बल, छातासहित सामग्री हस्तान्तरण गरेका हो । उनीहरूले आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत यी सागम्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कुल ७२ जनालाई सामग्री वितरण गरिएको छ । जसमध्ये केही एकल महिला पनि छन् । जनकपुरधाम उप– महानगरपालिका–५ वडा समितिद्वारा जेष्ठ नागरिक,एकल महिला,असहाय गरिव लगायतलाई सम्मान स्वरुप कम्बल,छाता,जाजिम,चटाई,झुल र हर्लिक्स सहित को सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष बेचन साहुको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपमेयर किशोरी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष हफिज अन्सारी,श्री महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ता,जनकपुरधाम उ.वा.संघका पुर्व अध्यक्ष निर्मल कु.चौधरी,जेसिजका पुर्व अध्यक्ष श्री रामबाबु गुप्ता,वडा सचिव महेन्द्र यादव,स्वास्थ शाखा अधिकृत दिपनारायण यादव लगायत वडावासीहरुको उपस्थिति रहेको थियो।