अपडेट 
२०८० माघ २४, बुधबार ०८:२२

व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्लास्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलासमा दायर गरेको मुद्दाको सुनवाइको आधारमा माघ २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्रअ कर्णलाई पक्राउ गरिएको छ ।

पक्राउपछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद समेत थप गराएको छ । पक्राउ परेका कर्णलाई प्रहरीले अनुसन्धान जारी राखेको छ । चन्द्र नमुना माध्यमिक विद्यालयको निर्माण कार्यको लागि सिराहा बजारमा रहेको जनरल सप्लायर्सबाट पटक पटक सिमेन्ट, छड, तार रङ्ग तथा निर्माण उपयोगी समानहरू लगिएको थियो ।

पसल सञ्चालक रोशन कुमार यादवले १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल बुझाउँदा आलटाल गरेपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए । उनले भने–‘भुक्तानीको लागि विद्यालयमा २०७४ सालदेखि वर्षौँ धाए कुनै सुनवाइ नभएपछि अदालतको सहारा लिनुपर्यो । न्याय मरेको छैन भन्दै अदालतले गरेको फैसलाबाट आशा जागेको छ ।

भुक्तानी समयमा नदिँदा निकै व्यापारघााटा सहनु परेको छ ।’ काठमाण्डु उपत्यका बाहिर पहिलो विद्यालय स्थापित भएको चन्द्र नमुना माध्यमिक विद्यालय तत्कालिन चन्द्र शमशेरको नाउँबाट नामकरण भएको विद्यालय सिराहा सदरमुकाम जिल्ला अदालतसँग जोडिएको छ ।

Comment


Related News

Latest News

Trending News