अपडेट 
२०८० माघ २४, बुधबार १७:१९

बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका-८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार गर्नु अघि नै बालिकाको मृत्यु भइसकेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

बालिका आमासित त्यही बसमा मामा घर भारत तर्फ जाँदै थिइन् । घटनास्थल सतगंज दसगजासित जोडिएकाले बालिकाको मामा घरबाट आएका आफन्त र भारतीय गाउँ छौडादानोका स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर घटनाविरुद्ध नाराबाजी गरेका थिए ।

बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक ४० बर्षीय मुरारी चौधरी र बसलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

 

Comment


Related News

Latest News

Trending News