अपडेट 
२०८० माघ २५, बिहीबार ०९:४३

वीरगञ्ज महानरपालिकाका मेयर राजेश मान सिंहले एक युवती रुवीना श्रेष्ठलाई वुवा बनेर नागरिकता दिलाएको विरुद्धमा परेको उजुरीहरुमाथि जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान थाल्न अनाकानी गरिरहेको छ ।

मेयर सिंहको विरुद्धमा विभिन्न सातवटा निकायमा उजुरी परेको छ तर कुनै निकायले अनुसन्धान नथालेको भन्दै स्थानीयबासीहरुले विरुद्धमा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयबाट नै अनुसूचि फारम र जन्मदर्ता प्रमाणपत्र गायब भएपछि अनुशन्धान अगाडि नबढाएको भन्दै गृहमन्त्रालय मातहतका जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिइएको छ । वीरगञ्ज महानगरका मेयर सिंहलेले दिलाएको किर्ते नागरिकता काण्डमा दोषीलाई उन्मुक्ति दिने चलखेल भइरहेको भन्दै सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्साको व्यानर सहितको धर्ना दिइएको छ ।

फर्जी विवरणको आधारमा नागरिकता दिलाएकोमा कारवाहीको माग गर्दै सचेत नागरिक समाज वीरगञ्ज पर्साले धर्ना गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेटमा दिउसो १२ बजे देखि सुरुभएको धर्ना २ घण्टासम्म चलेको थियो । १२ बजे देखि दिउँसो २ बजेसम्म धर्ना दिइएको नेपाल कांग्रेस क्षेत्र नम्बर २का क्षेत्रीय अध्यक्ष महमद शाहबुदिनले जनाए ।

अनुसन्धान फितलो भएको गति दिलाउन आफूहरुले धर्नाको कार्यक्रम जारी राख्ने उनको भनाइ थियो । किर्ते नागरिकता काण्डमा दोषीहरुलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन नसक्नुको पछाडि कुन अदृश्य शक्तिले रोकेको नेता मोहमद सहाबुद्दिनले भने । ‘आफ्नो बचाउमा मेयर सिंह अहिले विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाउन थालेका छन्’ सचेत नागरिक समाजका शशिकपुर मियाले भने , ‘दोषीलाई उन्मुक्ति दिने कार्य कतैबाट देखियो भने अब हामी आमरण अनसन समेत बस्छौ ।’

धर्ना कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगञ्ज महानगरका अध्यक्ष जलेश्वर सरार्फ, जनमतका मुकेश दिवेदी, नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलि, संजय सिंह लगायतका उल्लेखनीय सहभागिता रहेको थियो । यता पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने जिल्ला प्रशासन कार्यालयबाट माग गरिए बमोजिमको विवरण नआएकाले जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान प्रक्रिया अघि बढ्न नसकेको बताए ।

‘हामीकहाँ उजुरी आए पनि नागरिकता लगायतको विवरण जिल्ला प्रशासन कार्यालयबाटै मागेको उनको भनाइ थियो । प्रशासनबाट यो प्रकरणसंग सम्बन्धित प्रमाणहरु प्राप्त भएपछि फैजदारी अभियोग दर्ता गरी प्रकृया अगाडि बढाउँछौँ,’ प्रहरी उपरिक्षक शाहले भने । महानगरका मेयर सिंहले गरेको किर्ते नागरिकताको विषयमा गृह मन्त्रालय, अख्तियारसहित ७ ठाउँमा उजुरी परेको छ ।

Comment


Related News

Latest News

Trending News