अपडेट 
२०८० माघ २५, बिहीबार १२:११

जनकपुरधाममा स्कूल बसको ठक्करmे एक जना पुरुषको मृत्यू भएको छ ।

बिहीबार (आज) विहान ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलास्थित जनकपुरधामको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिएपछि २७ वर्षिया ममताज कवारीको मृत्यु भएको छ ।

बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुर बस्दै आएका कवारीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने स्कूल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment


Related News