अपडेट 
२०८० माघ २७, शनिबार ०७:०५

माघ १८ देखि २२ सम्मअर्थात् गत बिहीबारदेखि सोमबारसम्म चलेको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव– २०८० को क्रममा जनककालीन शस्त्रार्थको भूमि रंगमय, रसमय र विमर्शमय बन्यो ।

विभिन्न जाति– जाति, पेशाकर्मी तथा बालबालिका सम्मिलित सांस्कृतिक पहिचानसहितको भव्य तथा सभ्य शोभायात्रा अवलोकन गरेर नगरवासीको अनुहार हर्षित भयो । कार्यक्रमका सहभागीहरु गम्भीर विषयमा गहकिला तर्क–वितर्क (विमर्श)गर्नु भयो । पारम्परिक तथा आधुनिक मैथिली गीत–संगीत तथा नृत्यको आनन्द लिनु भयो ।

चार भाषाका ७ वटा उत्कृष्ट नाटकको आनन्द लिनु भयो अनि मिथिला भोजन, मिथिला चित्रकला, हस्तकला, चित्रकला कार्यशालाको प्रदर्शनी अवलोकन गर्नु भयो । बहस, छलफल, गीत–संगीत र नाटकको अवलोकन गरेर जुनसुकै उमेर, वर्ग, समुदाय, पेशा र रुचिकाव्यक्तिहरु भन्दै थिए– ‘ वाह ! गज्जव !’ मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजन तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनमा सम्पन्न महोत्सवमा मिथिला र जनकपुरधामको स्वर्णिम इतिहासमाथि गम्भीर छलफल भएको थियो । आधुनिक जनकपुरका निर्माताहरु जानकी मन्दिर र राम मन्दिरका आदि महन्त क्रमशः सूरकिशोर दास र चतुर्भुज गिरी, राराब क्याम्पस, सरस्वती, कन्या आदि अनेकौ स्कूल, मठ–मन्दिर, पुल–पुलेसा निर्माण गर्ने/गराउने रामस्वरुप रामसागर साह, बाह्र विघा रंगभूमि मैदानको घेराबेरा, आ“खा अस्पताल र हजारी जनक संस्कृत कलेजको परिकल्पनाकार हजसामाजिक अभियन्ता मकेश्वरप्रसाद सिंह तथा साहित्यकार एवं पत्रकार सुन्दर झा शास्त्रीको कृतित्व एवं व्यक्तित्वमाथि छलफल भयो ।

पाँच दिवसीय महोत्सवमा मिथिला र जनकपुरको इतिहास, मैथिलीभाषा, साहित्य, कला, संस्कृति, मिथिला पेन्टिङसंगै नेपाली राजनीति, अर्थतन्त्र, जलशंकट, पर्यावरण, महिलातथायुवा सशक्तिकरण आदि विषयमाथि गम्भीर बहस र छलफल भएको थियो ।

सन् १७०० को पूर्वार्धमा जानकी मन्दिरका आदिमहन्त सूरकिशोर दास र राममन्दिरका आदि महन्त चर्तुभुज गिरी जनकपुर आएको इतिहासकारहरुको कथा छ । यी दुई साधुले नै आधुनिक जनकपुरको खोजी गरेको किंवदन्ती छ । तर पृथ्वीनारायण शाहको नेपाल एकीकरण अधियान अन्तर्गत जनकपुर गोर्खा राज्यमा समाहित भयो ।

फरक सांस्कृतिक समूहका शाहवंशी शासकले सिंगै मुलुकमा‘एउटै राजा एउटै देश, एउटै भाषा, एउटै भेष ।’को नीति ल्याए, यता नेपालको मिथिला, भोजपुरा, अवध, कोच, थारु, किरात, मगरात, नेवार आदि रैथाने भाषा र संस्कृति ओझेलमा प¥यो । ‘ यो महोत्सव मिथिलाको पुरानो गौरव गाथा पुर्नप्राप्ति गर्ने अभियान हो ।’ साहित्यकार डा.राजेन्द्रप्रसाद विमलको प्रतिकृया थियो । महाकवि चन्दा झा मिथिलाको सीमाबारे लेख्नु भएको छ – ‘गंगाबहथिजनिक दक्षिण दिशिपूर्वकौशिकीधारा ।

पश्चिमबहथि गंडकी उत्तर हिम बल विस्तारा । कमलात्रियुगा अमृता धेमुडा वागमती कृतसारा । मध्यबहथि लक्ष्मण प्रमृति से मिथिलाविद्यागारा ।’ अर्थात् पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा महाभारत पर्वत श्रृंखला तथा दक्षिणमा गंगा नदीबीचको समतल भू– भाग मिथिला हो । तिरबाट नदीले घेरिएको भू–भाग भएकोले मिथिलाको अर्को नाम तिरभूक्ति पनि हो । मिथिलावासी कहिल्यै पनि जलशंकटको सामना गर्नु परेको थिएन । यहा“का नदी, कुवा, इनार, पोखरी वाह्रै महिना पानीले भरिभराउ हुन्थे तर विगत केहि वर्षदेखि मिथिलाभूमिमा जलशंकट देखिन थालिएको छ । नदीसुख्खा छन् । चापाकलमा पानी आउ“दैन । हिउदमा पनि चापाकल सुख्खा छ ।

जमिनमुनिको पानीको लेबल निरन्तर तल झर्दै छ । महोत्सवमा ‘पानी बिनु पडरै अकाले हो राम…’ शीर्षकमा जलशंकटमाथि गम्भीर विमर्श भएको थियो । जसमा जलविज्ञ अजय दीक्षित, चुरेविज्ञ विजय सिंह दुनुवार र नागदेव यादव, रत्नेश्वर लालकर्ण, सुरेश शर्मालगायत जल तथा पर्यावरणविज्ञहरु सहभागी थिए । यसकाअतिरिक्त नेपाली के , सुभाष बिरपुरिया, रामनारायण ठाकुर, रविन्द्र झा तथा प्रियंका आदि कलाकारहरु आफ्नो गायन तथा हास्य अभिनयले दर्शक दीर्घालाई मन्त्रमुग्ध पारेका थिए ।

शिल्पी थिएटर, काठमाण्डुको घिमिरे युवराज र अमजद प्रवेजको लेखन र निर्देशनमा प्रदर्शित ‘हिउ“को पृथ्वी यात्रा’तथा रमेश रञ्जनको लेखन तथा अमजद प्रवेजदको निर्देशनमा लोकसञ्चार, जनकपुरले प्रदर्शन गरेको सामचको सामचको अबिहा हे…. नाटकमा आधुनिक शिल्प तथा अभिनयको उत्कर्ष देखिएको थियो । मिथिला नाट्यकला परिषद् (मिनाप)ले रोशन जनकपुरी लिखित तथा सुनिल कुमार मिश्रद्वारा निर्देशित जोगाड नाटक प्रदर्शन भएको थियो जसलाई दर्शकले औघी मन पराएका थिए ।

असामको बरनाम(सांस्कृतिक समाज)को तिनिटा रंगीन पाखिला अर्थात् तीन सुन्दर पुतली, तुलसीपत्र आर्ट फाउण्डेशन, गुजरातको मन मञ्च, रंग सृजन एण्ड एशोसिएशन,बेगुसरायको का“ट, राग–रंग पटनाको महेन्द्र मलंगियाको लंच र ऋषि वशिष्ठको गामस“ जाइत रेल गाडी कथामा आधारित नाटक दुखहि जनम भेललाई प्रेक्षकहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

समग्रमा पा“च दिवसीय जनकपुरधाम साहित्य,कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सवले मिथिला नगरी जनकपुरधामलाई रंगमय,रसमय र विमर्शमय बनाएको थियो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी सहभागीसंगै कार्यक्रम अवलोकन गर्नेहरुप्रति आभार व्यक्त गर्दै अगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नु भएको छ ।

Comment


Related News