अपडेट 
२०८० माघ २७, शनिबार ०८:२९

गीत संगीत क्षेत्रका शास्त्रीय गायक गुरुदेव कामतको एकल प्रस्तुति शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ ।

मधेश प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कामतले यमन, मालकोश, रागलगायत ठुमरी, गजल, तराना प्रस्तुत गरेका थिए । कामतले स्रोताको चाहना अनुसार भजन, मैथिली, नेपाली र हिन्दी गीत पनि गायन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुर, डा. विजयकुमार सिंह, वृषेशचन्द्र लाल, जीवनाथ चौधरी, रोशन जनकपुरी, सीताराम अग्रहरी, श्यामसुन्दर यादव, अयोध्यानाथ चौधरीलगायतको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा मधेश मधेश प्रज्ञा प्रतिष्ठानद्वाराका अध्यक्ष रामभरोस कापडिले गायक कामतको सांगीतिक यात्राको चर्चा गर्नुका साथै गायक कामतलाई सम्मान र रसन चौकीको प्रतीक स्मृति प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश यादव र प्रशासकीय अधिकृत दानीकान्त झाले गायक कामतको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

Comment


Related News

Latest News

Trending News