अपडेट 
२०८० माघ २७, शनिबार १५:०३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको आवश्यक्ता राजा सहितको प्रजातान्त्रिक हिन्दु राष्ट्र रहेको बताउनु भएको छ ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला स्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नु अघि थापाले शनिवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको संघीय गणतन्त्र भ्रष्टतन्त्र र लुटतन्त्र व्यवस्थामा रुपान्तरण भईसकेकाले जनताले यसको विकल्पको खोजीमा लागि सकेको दावी गर्नुभयो ।

अध्यक्ष थापाले संघीय धर्म निरपेक्ष गणतन्त्रीक व्यवस्था असफल भई सकेको बताउँदै थापाले राजा सहितको प्रजातान्त्रिक हिन्दुराष्ट्र सहितको व्यवस्थाका लागि  जनआन्दोलनको तयारीमा जुट्न आग्रह गर्नु भएको हो । उहाँले प्रादेशिक संरचनाले मुलुकको अर्थतन्त्र एकदमै कमजोर भइसकेकाले यसको सुधारका लागि फजुल खर्च नियन्त्रण गर्नुपर्छ । त्यसका लागि प्रदेशस्तरीय संरचना खारेज गर्नु नै गर्नु पर्छ बताउनु भयो ।

उहाँले सहमतिकै आधारमा विद्यमान संविधानमै प्रादेशिक संरचना खारेज गरेर केन्द्रमा बलियो सरकार र स्थानीय तहलाई थप अधिकारसहित मजबूत सरकार सहित दुई तहको सरकारको परिकल्पना गर्न सकिने बताउनु भयो । अध्यक्ष थापाले सनातन धर्मसंस्कृती संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गईरहेको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन  नसकिने बताउनु भयो ।

Comment


Related News

Latest News

Trending News