
नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ।
शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो।
नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ।
२८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो।।
आजको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए।