अपडेट 
२०८० माघ २८, आईतवार ०८:५२

जनकपुरधाममा रहेको बचपन स्कुलले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बचपन स्कुलको ५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

वार्षिकोत्सव अवसरमा विद्यालयका बालबालिकाहरुले नृत्य प्रस्तुत गर्नुका साथै गीत गायनका साथै स्पीच समेत राखेका थिए । युकेजीसम्म पढाई हुने सो विद्यालयका बालबालिकाहरु भ्विष्यका कर्णाधार हुन भन्ने सोचका साथ उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्य, गायनका साथै स्पीच राख्ने कार्यक्रम गरिएको विद्यालयका मनोजकुमार ठाकुरले जानकारी दिए । उनले जसरी बिउलाई किसानले बिरुवा बनाउने काम गर्छन् त्यसरी नै स–साना नानीहरुलाई असल नागरिक बन्ने आधार तयार पार्ने बचपन स्कुलको उद्देश्य रहेको बताए ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा पछिल्लो ५ वर्षमा बचपन स्कुलले गरेका कृयाकलापहरुको समिक्षाका साथै आगामी योजनाहरुको विषयमा समेत छलफल भएको थियो । सो अवसरमा विद्यालयका शिक्षक शिक्षिकाका साथै अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News