अपडेट 
२०८० माघ २९, सोमबार ०७:४४

जनकपुरधामका होटल अञ्जनी सुईट प्रा.लि. र प्रभु बंकबीच द्विपक्षीय सम्झौता भएको छ ।

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले एटिएम वा मोवाइल बैकिंगबाट भुक्तानी गर्दा विशेष छुट दिइने सम्झौता भएको छ । जनकपुरधाममा आइतवार एक कार्यक्रमकाबीच प्रभु बैंकका प्रादेशिक प्रमुख सौरभ चौधरी, शाखा प्रबन्धक मन्दीप राउत क्षेत्री र होटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र महाप्रबन्धक वीरेन्द्रकुमार महराले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकको कुनै माध्यमवाट भुक्तानी गर्दा अञ्जनी सुईट होटलले आवासमा १० प्रतिशत र पूmड परिकारमा १५ प्रतिशत छुट दिने सहमति भएको होटेलका महाप्रवन्धक वीरेन्द्रकुमार महराले जानकारी दिएका छन् । जनकपुरधाममै सुविधा सम्पन्न थ्री स्टार होटल सरहको सेवा सुविधा प्रदान गर्दै आएका अञ्जनी सुईट सञ्चालनमा आएको कमै समयमा लोकप्रियता प्राप्त गर्दै आएको छ ।

होटलको टप फ्लोरमा रहेको रेष्टुरेन्टले ग्राहकलाई लोभ्याउने र प्रयाप्त पार्किङ्ग सेवा सुविधाले होटलको लोकप्रियता थप आकर्षक रहेको छ ।

Comment


Related News

Latest News

Trending News