अपडेट 
२०८० फाल्गुन १, मंगलवार १७:४३

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजना गरिएको कार्यकता भेटघाट कार्यक्रममा सम्वोधन गर्दै नेता महतोले अधिकारका लागि एकलरुपमा लड्दै आईरहेकै कारण हारको सामना गर्नुपरिरहेको बताउदै अबको आन्दोलन एकिकृत भएर राष्ट्रिय आन्दोलनको खाँचो रहेको बताए । मुलुक बहुल राष्ट्रियता रहेको छ तर यहाँका शाषकले एकल राष्ट्रियताको पहिचान दिलाएर वर्षोदेखि शोषण गरिरहेको छ,उनले भने,‘नेपालमा विभिन्न राष्टियताको पहिचान छ,तर शोषकले यसलाई स्विकार गर्न चाहेको छैन ।’नेता महतोले भारतमा अहिले सम्म एउटै संविधान निमार्ण भएको र आवश्यकता रहेको बेलामा संसोधन गरिरहदा विश्वको तेस्रो शक्तिशाली देशमा आउन सफल भएको तर हाम्रो देशमा अहिले सम्म सातवटा संविधान निमार्ण गरेपनि अधिकारबाट बंचित गरेकै कारण विकसीत हुन नसकेको बताए ।

उनले भने,‘नेपाल मधेश,थारु,जनजाती लगायतका विभिन्न राष्टियता मिलेर बनेको छ तर शाषण र संविधान सो अनुसार बनेको छैन,पृथ्वी नरायण साहले नेपालको निमार्ण गर्दा एउटा नारा दिएका थिए,नेपाल चार वर्ण र छतिस जातको साँझा फुलबारी हो तर अहिले उक्त कुराको मनन भएको छैन,अहिले एकल राष्टीयता हावी रहेको छ ।’नेता महतोले बहुल राष्टियताको अधिकारका लागि आन्दोलनको तयारी भइरहेको र एकैचोटी मुलुकभरि आन्दोलन गरिने समेत उनले बताए । यस आन्दोलनका लागि अधिकारबादी पार्टीहरुलाई एकीकृत हुन उनले आह्वान गर्दै पदका लागि लोभ लालच छाडेर अन्तिम लडाईमा अग्रसर हुन उनले सबै दललाई आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News