अपडेट 
२०८० फाल्गुन २, बुधबार १०:३२

ललिता निवास जग्गा प्रकरण मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज फैसला सुनाउने तयारी गरिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सुनवाइ सकिएकाले सम्भवतः आज नै फैसाला आउने जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगले २०७६ साल माघ २२ गते सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

Comment


Related News

Latest News

Trending News