अपडेट 
२०८० फाल्गुन २, बुधबार ११:१५

आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । पूर्वको कोशी तथा पश्चिमको कर्णाली प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु लागिरहेको छ ।

Comment


Related News