अपडेट 
२०८० फाल्गुन २, बुधबार ११:२२

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी मंगलबार १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News