अपडेट 
२०८० फाल्गुन ३, बिहीबार ०९:०१

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)बाट वरिष्ठ नेता राजेन्द्र महतो टाढिए लगतै ह्दयेश त्रिपाठी नजिकिएका छन् ।

त्रिपाठीको नेतृत्वमा रहेको जनता प्रगतिशिल पार्टी (जप्रपा)र लोसपाबीच प्रारम्भिक चरणमा छलफल भएको दुवै दलका नेताहरुले पुष्टि गरेका छन् । पार्टी एकीकरणको विषयमा कुनै चर्चा नभएको बताउँदै जप्रपाका अध्यक्ष त्रिपाठीले भने, ‘लोसपाका नेताहरुसित सहकार्यको सवालमा प्रारम्भिक चरणको छलफल भएको छ ।

त्रिपाठीले गठन गरेको जप्रपाले गत आम निर्वाचनमा एकस्थान पनि जित्न सकेन् । लोसपालेपनि राष्ट्रिय पार्टीको मान्यता गुमाए । लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले पनि सामान्य छलफल भएको बताएका छन् । ‘सबै दलसित छलफल हुन सक्छ’ उनले भने, तर अहिले ठोस रुपमा छलफल पनि अगाडि बढेको छैन् ।

Comment


Related News

Latest News

Trending News