अपडेट 
२०८० फाल्गुन ३, बिहीबार १५:१८

प्रिया कर्ण : २७ वर्षीय राजेश (नाम परिवर्तन) अहिले रामो सँग बोल्न सम्म सक्दैनन् । महोत्तरीको बथनाहाका राजेश सात बर्ष अघि सम्म आफनो घर परिवार मात्रैका लागी होईन कि टोल छिमेकमा समेत स्मार्ट कहलिन्थे । तर, अचेल उनी मानसिक रोगी झै देखिन्छन । कारण हो, उनको लागुऔषधको लत्त । हुनत तराई मधेशमा राजेश केवल एक प्रतिनिधि पात्र हुन् । उनी जस्ता सयौँ र हजारौमा होईन कि लाखौमा युवाहरु यो कुलतको शिकार भईरहेको प्रहरी प्रशासनकै तथ्यांकले देखाउछ । यथार्थमा त्यो भन्दा पनि विकराल अवस्था रहेको छ तराई मधेशका समाजमा लागुऔषधको लत्त र यसको प्रभावको । मधेश प्रदेश प्रहरी कार्यालयको जनकपुरका अनुसार लागुऔषध सहित वा त्यससँग सम्बन्धित कसुरमा दैनिक देशभर सरदर चार सय जना पक्राउ पर्ने गरेको दखिन्छ । जसको ठुलो हिस्सा मधेश बाटै हुने गर्छन ।

नेपालको बजारमा लागुऔषध प्रतिबन्ध गरिएको भए पनि भारतसँगको खुल्ला सीमानाको फाईदा उठाउँदै सिमावर्ती क्षेत्रमा युवाहरु यसमा बढी लागिपरेको देखिन्छ । राजेश पनि त्यस मै पर्ने गर्छन। महोत्तरीको विभिन्न नाकाहरु बाट पारी प्रवेश गर्दै उनी र उनी जस्ता यस क्षेत्रका कयौँ युवाहरु यस्ता लत्तमा फसेको देखिन्छ । त्यही क्रममा ७ वर्षमा राजेश पटक–पटक प्रहरीको फन्दामा समेत परेका छन । र परिवारले अन्नतह उनलाई सुधारगृह सम्म पुर्याए । राजेश त एक प्रतिनिधि पात्र मात्र हुन् । अहिले महोत्तरीका सीमावर्ती गाउँहरुमामा दोहोरिरहने नियति र दृश्य अनगन्ती छन् । महोत्तरीको भिठ्ठोमोडमा मधेसीसँगै पहाडी मूलका युवाहरूको चहलपहल दिनभर बाक्लै देखिने गरेको त्यहाँका स्थानीयहरू बताउछन्। महोत्तरीको भिठ्ठामोड, सम्सी, मधवापुर सहित मधेस प्रदेशकै सीमावर्ती बजारमा लागुऔषध दुव्र्यसनीको भिड लाग्ने गरेको देखिन्छ । लागु औषध भारतमा प्रतिवन्धित रहे पनि अवैद्ध कारोबारको विगविगी रहेको पाइन्छ। कुनै–कुनै सीमानामा दसगजा वारी मोटरसाइकल राखेर पारी भारत तर्फ रहेका फुसका छाप्रा लागुऔषध प्रयोगकर्ताका ‘अड्डा’ हुन् । त्यहाँ पसेर युवाहरू १०\१५ मिनेटमै फर्किने गरेको नेपालका प्रहरी जवानहरु बताउँछन् । १२ वर्षे बालकसमेत ब्राउन सुगर प्रयोगकर्ता :  मधेस प्रदेशको सिरहाका एसपी टेकुनन्द ईवाका अनुसार सिरहामा मात्रै लागुऔषध मुद्दामा दिनहुँ आधा दर्जनभन्दा बढी व्यक्ति पक्राउ पर्ने गरेको छ । सेवन गरेको तर लागुऔषध बरामद नभएको अवस्थामा सुधार केन्द्रमा राख्ने सर्तमा अभिभावकको जिम्मा लगाउने गरिएको उनी बताउँछन् ।

‘मधेस प्रदेशका अन्य जिल्लाको तुलनामा सिरहामा ब्राउन सुगर युजर बढी देखिएको छ । यहाँ त १२\१३ वर्षकै उमेरमा बालकहरूले ब्राउन सुगर युज गरेको पनि पाइयो,’ उनले भने । १६ वर्षमुनिका बालक औषधिसहित पक्राउ परेमा कानुनी दायरामा राखेर बालसुधार गृह पठाउने गरेको उनी बताउँछन् । लागुऔषध नियन्त्रणमा अभिभावकको मुख्य भूमिका हुने बताउँदै एसपी इवाले छोराछोरीको बढ्दो उमेरसँगै आमाबुबाले मित्रवत् रूपमा निगरानी राख्नुपर्ने बताए । नयाँ मुस्कान सुधार गृह जनकपुरधामका सहसञ्चालक एवं पूर्वदुव्र्यसनी रोशनकुमार झाले आफ्नो सुधार गृहमा १५ वर्षमुनिका एक दर्जनभन्दा बढी दुव्र्यसनी सिरहाका रहेको बताए । १० वर्षकै उमेरमा सुधार गृहमा बसिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । मधेस प्रदेशको कहाली लाग्दो तथ्यांकः– मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांकअनुसार विगत ५ वर्षमा ४ हजार ६ सय ६२ जना लागुऔषधसहित पक्राउ परेका छन् । तीमध्ये ३ हजार ३ सय ३१ जनामाथि मुद्दा चलाइएको छ ।कार्यालयका अनुसार सो अवधिमा प्रहरीले १ सय ६५ क्विन्टलभन्दा बढी गाँजा, ३३ किलो अफिम, ४ सय ३२ किलो चरेस, १ किलो हेरोइन, २ लाख ७१ हजार १ सय ९ थान ट्याब्लेट, १६ हजार ४ सय ६५ बोतल कोरेक्सलगायत झोल औषधि, १ लाख ८१ हजार ५ सय ५९ थान इन्जेक्सन बरामद गरेको छ । एक अध्ययनअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४ सय २५ रहेको बताउँदै उनले भने, ‘यो संख्या प्रतिनिधिमूलक मात्रै हो । यसमा कुनै घटनामा संलग्न भएको दुव्र्यसनी तथा सुधार केन्द्रहरूको तथ्यांकमा आधारित भएकाले यसको कैयौँ गुणा बढी दुव्र्यसनी तथ्यांकमा समावेश नै हुन नसकेको देखिन्छ । ती मध्ये अधिकांश १५ देखि ३० वर्ष उमेर समूहका युवा हुन्छन ।’ब्युरोको तथ्यांकअनुसार नेपालमा १ लाख २१ हजार ६ सय ९२ जना पुरुष दुव्र्यसनी छन् भने ८ हजार ७ सय ३२ महिला दुव्र्यसनी छन् । कोसी प्रदेशमा २ हजार ७ सय १३ पुरुष र ५ सय ९२ महिला छन । मधेस प्रदेशमा १५ हजार ८ सय ४३ दुव्र्यसनीमध्ये २ सय २० जना महिला दुव्र्यसनको सिकार भएको ब्युरोको तथ्यांकमा छ । त्यसैगरी, बाग्मती प्रदेशमा सबैभन्दा बढी ४६ हजार ४ सय ८० दुव्र्यसनी रहेकामा ५ हजार ६ सय २५ महिला दुव्र्यसनी छन् भने गण्डकीमा ८ हजार ९ सय ५६ दुव्र्यसनीमध्ये ७ हजार ९ सय ६८ पुरुष, लुम्बिनी प्रदेशमा पुरुष र महिला गरी जम्मा २५ हजार ९ सय ३० जना दुव्र्यसनमा फसेको देखिएको छ ।कर्णाली प्रदेशमा भने सबैभन्दा कम दुव्र्यसनी छन् । यहाँ ४३ जना महिला दुव्र्यसनको सिकार भएका छन् भने सुदूरपश्चिममा ३ हजार ८ सय ८ दुव्र्यसनीमध्ये ३ हजार ५ सय ६२ पुरुष छन् । ब्युरो प्रमुख थपलियाका अनुसार आर्थिक वर्ष २०७९\८० मा लागुऔषध मुद्दामा ६ हजार १ सय ८६ जनालाई पक्राउ गरिएको थियो भने ४ हजार १ सय जनालाई मुद्दा चलाइएको थियो । आव २०७८\७९ मा ५ हजार ७ सय ९० जनालाई पक्राउ गरिएकामा ३ हजार ८ सय ५३ जनामाथि मुद्दा चलाइएको थियो भने बाँकीलाई अभिभावकको जिम्मा लगाएर सुधार केन्द्रमा राख्नुपर्ने सर्तमा छाडिएको थपलियाले बताए । त्यस्तै आर्थिक वर्ष २०७८\७९ मा ४ हजार ६ सय २६ जना पक्राउ परेकामा ३ हजार ९ जनामाथि मुद्दा चलाइएको थियो । यो तथ्यांकले प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनीको संख्या लगातार वृद्धि भएको देखिन्छ ।अहिले देशभरिका प्रहरी कार्यालयमार्फत महिनाको ४ सयभन्दा बढी दुव्र्यसनीहरू पक्राउ पर्ने गरेको बताउँदै थपलियाले भने, ‘मुद्दाको संख्या जेजस्तो देखिए पनि लागुऔषध मुद्दामै पक्राउ पर्नेहरूको संख्या दैनिक सयौँ हुन्छ ।’ ६० प्रतिशतभन्दा बढी कैदीबन्दी लागुऔषध मुद्दाकैः जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले ४ महिनाभित्रै लागुऔषध मुद्दामा ४ सय ३४ जना पक्राउ परेको बताए । सोमध्ये ३ सयभन्दा बढी महोत्तरी जिल्लाकै रहेको र बाँकी जिल्लाबाहिरका मानिसहरू रहेको उनले बताए । उनका अनुसार जिल्लाका हिरासतमा रहेकामध्ये ६० प्रतिशत थुनुवा लागुऔषध मुद्दाका छन् । त्यस्तै वीरगन्ज कारागारमा रहेका १ हजार १ सय कैदीबन्दीमध्ये ४० प्रतिशत लागुऔषध मुद्दाकै अभियुक्त र आरोपीहरू रहेको प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले कारागारका कैदीबन्दीमध्ये ६० प्रतिशत दुव्र्यसनमै परेर अपराधमा संलग्न भएकाहरू रहेको बताए । ३० देखि ४० प्रतिशत जबरजस्ती करणीका मुद्दामा पनि लागुऔषध सेवन गरेकै कारण अपराध भएको देखिएको बताइन्छ । कारागारमा रहेका ५ सय ६० कैदीबन्दी मध्ये ७९ व्यक्ति लागुऔषध मुद्दामै पुर्पक्षमा छन् भने ३ जना कैदी पनि यही मुद्दाका छन् । जबरजस्ती करणी मुद्दामा कैदी ४ जना छन् भने थुनुवा १ सय १३ जना छन् । तीमध्ये अधिकांशले लागुऔषध सेवन गरेकै कारण जबर्जस्ती करणी गरेको देखिएको छ । कानुन भएर पनि कार्यान्वयनको पाटो कमजोर हुँदा थुप्रै नेपाली युवा लागुऔषधको कुलतमा फँसिरहेका छन् । नेपालको कानुनले नेपालमा लागुऔषध कारोबार, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएको छ । तर, भारतमै सेवन गरेर आउनेहरूलाई कुनै कारबाही गर्ने प्रावधान छैन । ‘ भारतीय भूमिमा गएर त्यहीँ सेवन गरी आउनेलाई कुनै कारबाही गर्ने वा त्यस्ता गतिविधि नियन्त्रण गर्ने आधार नै हुँदैन,’ प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी प्रवीण पोखरेल बताउँछन् । ओसारपसार र कारोबारमा भने सूक्ष्म रूपमा निगरानी गरिरहेको उनी बताउँछन् । ‘हामी युवा लक्षित जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । तर, त्यतिले मात्रै यहाँ यो समस्याको समाधान हुनेवाला छैन ।’ दुव्र्यसनीहरूले कुनै न कुनै माध्यमबाट पैसा जुटाउने र लागुऔषध सेवन गर्न जाने गरेको प्रवक्ता पोखरेल बताउँछन् । अलिकति पैसा जुटाएर जाने, आफू पनि खाने अनि कुनै मौका पाएर नेपाल ल्याउन सके बेचेर पैसा जम्मा पारी पुनः जाने गरेको अनुसन्धान क्रममा पाइएको उनले बताए । उनी भन्छन्, ‘लागुऔषध मुद्दामा काठमाडौँमा पक्राउ परेकाहरूको बयानका आधारमा भारतबाट भित्राइएको ड्रग्स सबै प्रदेशबाट काठमाडौँ पु¥याएको पाइयो । तर, मधेस प्रदेश भने लागुऔषध तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनिसकेको छ ।’ कसरी फस्छन युवा कुलतमा सुधार केन्द्रमा ११ महिनादेखि रिकभरीमा रहँदै आएका पूर्वदुव्र्यसनी राजु साह (परिवर्तित नाम) साथीहरूको लहैलहैमा लागेर दुव्र्यसनको सिकार भएको बताउँछन् । १६ वर्षको कलिलो उमेरमै नसा सेवन गर्न थालेका उनले लगातार १० वर्षसम्म गाँजादेखि नाइट्रोसन ट्याब्लेटमात्र होइन, विभिन्न प्रकारका सिन्थेटिक ड्रग्ससमेत सेवन गरे । ‘उमेरमा नसा सेवन गर्न थालेँ । १० वर्षमा मैले नखाएको÷नलगाएको केही छैन ।’ आफू पहिलो पटक सुधार केन्द्र आएको भन्दै उनले भने, ‘यहाँ आउँदा मेरो शरीर, अनुहार हेर्नै नहुने भइसकेको थियो । झैझगडा नगरेको दिन हुँदैनथ्यो । पढाइ पनि छाडेँ । परिवारले यहाँ ल्याइदियो । आएको १५ दिनमा मैले पुनर्जीवन पाएँछु भन्ने लाग्यो ।’ बिहे गर्ने उमेर भए पनि आफ्नो बानी व्यवहार र कमाइ नभएका कारण समस्या भएको भन्दै उनी सुधार गृहबाट निस्केर जापान जाने तयारीमा रहेको बताउँछन् । विगत एक दशकदेखि लागुऔषधको कुलतमा फसेका गुरु सुवेदी (नाम परिवर्तन) ८ महिनाअघि नयाँ मुस्कान सुधार केन्द्रमा आएका हुन् । उनलाई यहाँ आएको १ महिनासम्म आफूले के गरिरहेको छु भन्ने पनि थाहा हुँदैनथ्यो । सिरहाका १९ बर्से सुवेदीले भने, ‘सुरुमा चुरोट भनेर साथीले दिएको, गाँजा भरेको रहेछ । रमाइलो लाग्यो । त्यसपछि गाँजा खान म आफैँ साथीहरू खोज्दै हिँडेँ । बिस्तारै चरेस र ब्राउन सुगरसमेत प्रयोग गर्न थालेँ । पढ्न काठमाडौँ जाँदा बुबाआमाले दिएको पैसाले किनेर खाएँ । कतिबेला कुलतमा फसेँ, मलाई नै थाहा भएन । ’खासमा रेमिट्यान्सको प्रवाहले पछिल्लो समयमा बढ्दो उपभोक्तावादी अर्थतन्त्रको प्रभावले गर्दा आर्थिक अवस्था उक्लिँदै गएका एउटा वर्गमा खर्च गर्ने मनोविज्ञान बदलिएको छ । ‘ शिक्षाको खस्किँदो स्तर र खेलकुदको अधोगतिले गर्दा समेत लागुपदार्थको दुर्व्व्यव्सन युवामा बढेको देखिन्छ । आफु पढ्न नसकेर गल्फमा दुःख गर्नु परो । सन्तानको भविष्य राम्रो होस् को चाहनामा दुःखले आर्जेको पैसा पढाईमा खर्चिन तत्पर अभिभावकको लगानी शिक्षा र खेलकुदको आधारभूत इन्फ्रास्ट्रक्चरको अभावमा यसको दुरुपयोग लागुऔषधमा हुने गरेको भन्छन’,– सामाजिक अध्येता मोहन यादव । यसकै कडीमा मानसिक रोग विशेषज्ञ डा. रोविन झा थप्छन | ‘ मध्यम तथा उच्च मध्यम वर्गमा ‘अहिले आमाबुबा दुवै व्यस्त हुन्छन् । छोराछोरीको सुपरभिजन हुन सक्दैन । उनीहरू एक्लोपन मेट्न पनि यता लाग्ने गरेको पाइएको छ ।’यस्तै, कतिपय फिल्ममा लागुऔषध प्रयोगका सिन हुन्छन् । त्यस्तोमा बालबालिकाले आफूले रोलमोडल मानेको हिरो÷हिरोइनले सेवन गरेको चिज सेवन गर्न थाल्ने उनको भनाइ छ । कुनै व्यक्ति उदास (डिप्रेस्ड) छ, एन्सियस एन्जाइटिक छ, साइकोसिस छ, तिनीहरूले आफ्नो उदासी हटाउने सहाराका रूपमा लागुऔषध सेवन गर्ने गरेको पनि उनले बताए ।

मानसिक रोगको सिकार लागुऔषध दुव्र्यसनीको संख्या लगातार बढ्दै गएसँगै मानसिक रोगीको संख्यामा समेत स्वाभाविक रूपमा वृद्धि भइरहेको छ । ६० देखि ७० प्रतिशत लागुऔषध दुव्र्यसनी मानसिक रोगको सिकार हुने सम्भावना रहेको बताउँछन्– डा. झा । ९÷१० वर्षको उमेरमा पनि १० देखि ११ वटासम्म ट्याबलेट खाने गरेको अवस्था रहेको भन्दै अहिले पनि सुधार केन्द्रमा यस्ता बालक रहेको उनी बताउँछन् । एक तथ्यांक अनुसार नेपालमा लगभग ३० लाख लागुऔषध प्रयोगकर्ता रहेको उनी बताउँछन् । ‘३० लाखमध्ये ३० देखि ४० प्रतिशत इन्जेक्टिभ ड्रग्स प्रयोगकर्ता छन्,’ उनले भने, ‘मधेस प्रदेशको कुरा गर्ने हो भने अधिकतम अल्कोहल (मदिरा), क्यानाभिस, गाँजा, भाङ, निकोटिन र नाइट्राइजिकन ट्याबलेट युज गर्ने धेरै छन् । सस्तो र सबै ठाउँमा सजिलै उपलब्ध हुने भएकाले यो कमन भइसकेको छ ।’‘ लागुऔषध प्रयोगकर्ता र लागुऔषध ओसारपसार तथा बेचबिखन गर्ने दुवैलाई जेलमै राख्ने कानुनी व्यवस्था छ । तर, यो पनि एउटा मानसिक समस्या हो र यसको उपचार गर्न सकिन्छ भन्ने हाम्रो सरकारको सिस्टममा छैन।,’ उनले भने ्र’ केही दिनको सुधारका लागि होइन कि दुव्र्यसनीलाई आर्थिक, सामाजिक रूपमा पुनस्र्थापित गर्ने कार्यक्रमसहितको सुधार गृहको आवश्यकता छ ।’ चिन्ता व्यक्त गर्दै डा. झा भन्छन ः– ‘मैले यस्तो यस्तो बिरामी देखेको छु कि एक पटक मात्रै गाँजा सेवन गरेको युवा साइकोसिस नामक मानसिक रोगको सिकार भएको छ । त्यसैले लागुऔषध दुव्र्यसनी एक न एक दिन मानसिक रोगको सिकार हुन्छ नै,’।

Comment


Related News

Latest News

Trending News