अपडेट 
२०८० फाल्गुन ४, शुक्रबार ०८:४२

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालयले वीरगञ्जका मेयर राजमान सिंहविरुद्ध मुद्दा दर्ता गर्न आलटाल गरेपछि सरकारी वकील कार्यालयमा निवेदन दर्ता गराइएको छ ।

सरकारी कागज किर्ते सम्बन्धी कसुरमा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउन जाँदा दर्ता गर्न आनाकानी गरेको आरोप लगाउदैं वीरगञ्ज छपकैया ३ बस्ने लियाकत अलीले सरकारी वकील कार्यालयमा निवेदन दर्ता गराएका छन् । सरकारी वकीलको कार्यालयले बिहीबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र लेखि आवश्यक कानुनी कारबाहीका लागि लियाकत अलीको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । निवेदनमा मेयर सिंह, रुवीना श्रेष्ठ र रिता भट्टराई माथि कारबाहीको मांग गरिएको छ ।

मेयर सिंहले रुवीना श्रेष्ठको नागरीकता बनाउँदा पेश गरेको जन्म दर्ताको कागजात नक्कली भएको तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले बताई सकेका छन् ।

Comment


Related News

Latest News

Trending News