अपडेट 
२०८० फाल्गुन ६, आईतवार ०७:३८

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले युवाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

समाजवादी युवा संघ केन्द्रीय समितिद्वारा शनिबार देखि सुरु भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पछिल्लो समय नेपाली युवाहरुको बौद्धिकता कमजोर हँुदै गइरहेको बताए ।

अध्यक्ष यादवले पछिल्लो समय उदय भएको राजनीति पार्टीको कमजोर विचार, सिद्धान्त र राजनीतिक संस्कारका कारण पनि यस्तो हुन् गएको बताए । ‘नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भए पनि राजनीतिक रुपमा उनीहरु कमजोर रहेका छन्, नयाँ दलमा अधिकांश युवाहरुमा राजनीतिक संस्कार, विचार र सिद्धान्तको कमी छ’ उनले भने । पहिलेको समयमा युवाहरुमा एउटा विचारधारा प्रष्ट हुन्थ्यो, पछिल्लो समयमा यि समस्याहरु थपिदै गएको उनले बताए ।

पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ चिन्ता व्यक्त गर्दै उनले अबको आधुनिक राजनीति अध्ययन बिना प्रभावकारी नहुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्न सुझाब दिए ।

त्यस्तै, उदघाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पूर्व मन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने बताए । उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधमा विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत बताए ।

त्यस्तै, मधेश प्रदेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययन तिर रुचि घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरे । उनले पछिल्लो समय मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुचि नदेखाएको बताए । मधेशका युवामा क्षमता हुँदा हुँदै पनि अफवाह तर्फ लागेको र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेको भन्दैँ दुखेसो व्यक्त गरे । मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घट्नुले समाज पनि सही गलत छुट् याउन नसक्ने भएको तर्क गरे ।

जसपा मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र सांगठनिक जीवनमा निखारता ल्याउने बताए । पार्टीको विचार, नीति र सिद्धान्तको बारेमा जानकारी पाएपछि समुदायमा लिएर जान सहज हुने उनले बताए । उनले युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरुमा देखिएको केही अभावहरु यस प्रशिक्षणवाट पूर्ति हुने विश्वास व्यक्त गरे । उनले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर सकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे ।

युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारण नै हामी युवा संगठित नहुनु रहेको बताए । शनिबारबाट सुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ ।

सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको छ । तीन दिन सम्म चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । भने सो प्रशिक्षणमा उनले राजीनित शास्त्र, समाजवाद शास्त्र, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य संचालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयमा प्रशिक्षण दिने छन् ।

यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृसंस्थाहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News