![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।