अपडेट 
२०८० फाल्गुन ६, आईतवार १८:१०

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आईतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा उपस्थित १०४ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले मतदान गरेका छन् ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिनुभएको हो । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

Comment


Related News

Latest News

Trending News