अपडेट 
२०८० फाल्गुन ७, सोमबार १५:१९

सामाजिक सञ्जालमा भाइरल भएको आफूलाई प्रहरीको डीएसपी भन्दै थर्काएको भिडियोका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ। उनले सवारी चालकलाई थर्काइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

नैतिकताविरुद्धको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News