अपडेट 
२०८० फाल्गुन ८, मंगलवार ०८:०७

टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाण्डुमा टिभिएस रोनिन र टिभिएस आपाचे आरटी आर १६० भीफोर एफआईको जनकपुरधामको शो रुपमा लन्च गरेको छ ।

टिभिएस रोनिन उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पीडोमिटर र टी–फेस एलईडी हेडल्याम्प साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राईडर हरुलाई लक्षित गरी असाधारण सुविधाहरू समेटिएको कम्पनीको दावी छ । टिभिएस रोनिनमा २२५ सीसीमा चार भल्भ, एक सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पी एस ७७५० आर पीएम सम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपीएम पीकपावर प्रदान गर्ने गरेको कम्पनीले जनाएको छ । डुअल च्यानल एबीएसको साथ यसको डिस्क ब्रेकहरूले राईडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्ने गरेको जनाइएको छ ।

यता, अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थपफिचर पनि उपलब्ध गराएको छ । सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सु–सज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६०अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट जस्ता प्रविधिहरू रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सार्वजनिक हुने यीदुवै बाईक नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टिभिएस स्मार्ट एक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ । काठमाण्डुमा यीदुवै बाईकको अत्याधिक सफलता पछि नेपालका अन्य सहरमा लन्चगर्ने भएको कम्पनीले बताएको छ ।

Comment


Related News

Latest News

Trending News