अपडेट 
२०८० फाल्गुन ९, बुधबार ११:४९

वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी नेपालबीच कार्यगत एकता भएको छ । दुवै दलका अध्यक्षले आज पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

संविधानमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न,सबै प्रकारका विभेद अन्त्य गर्न, अर्थतन्त्रमा सुधार तथा कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै दल सहमत भएका छन् ।

उनीहरुले आफूहरुको यो अभियानमा सरिक हुन लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरुलाई अनुरोध पनि गरेका छन् ।

Comment


Related News

Latest News

Trending News