अपडेट 
२०८० फाल्गुन ९, बुधबार १६:४६

आइसीसी एक दिवसीय विश्वकप लिग टू अन्तर्गत एक दिवसीय क्रिकेटमा नेपाल नामिवियासँग पराजित भएको छ ।

बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले पराजित गरेको हो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नामिबियालाई जिताउन जेरार्ड इरास्मसले ५२ रनको अर्धशतकिय पारि खेले । नेपालका कुशल भुर्तेलले ३ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७ दशमल १ ओभरमा सवै विकेट गुमाएर १६८ रनमात्रै बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए ।

नामिबियाका ब्रेनार्ड स्कोल्ट्ज र जान निकोल इटोनले चार चार विकेट हात पारे । लिग टूको आफ्नो तेस्रो खेलमा नेपाल दोस्रो पटक नामिबियासँग पराजित भएको हो ।

सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ । त्यस्तै आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् ।

Comment


Related News

Latest News

Trending News