अपडेट 
२०८० फाल्गुन १०, बिहीबार ०६:२५

वीरगञ्ज र ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यु हटाइए पछि जनजीवन सामान्य बनेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा र जिल्ला प्रशासन कार्यालय रौतहटले ई लगाएको कर्फ्यु हटाइएको छ । महानगरपालिकामा तीनदेखि लगाइएको लगाइएको कर्फ्यु बुधबारदेखि हटाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै सर्वसाधारणको सुविधाका लागि ११ बजेदेखि लाग्ने कर्फ्यु पुनः स्थगित गरिएको जानकारी दिए ।

रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगञ्जमा हिन्दू समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए । यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

यता, रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले मंगलबारदेखि वडाहरूमा लगाएको कर्फ्यू हटाएको छ । स्थिति सामान्य भइसकेको भन्दै रौतहट प्रशासनले बुधवार साँझ ५ बजेदेखि पूर्ण रुपमा कफर्यु हटाएको जनाएको छ । सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कफ्र्यु लगाएको थियो ।

Comment


Related News

Latest News

Trending News