अपडेट 
२०८० फाल्गुन १०, बिहीबार ०९:३२

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

यस्तै, महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट, विभिन्न प्रस्ताव तयार पार्न समिति गठन गर्नेलगायत विषयमा पनि छलफल हुने सुमनले जानकारी दिए ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेका लागि आह्वान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News