अपडेट 
२०८० फाल्गुन १०, बिहीबार १९:२९

नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटा प्रस्ताव पारित भएका छन् ।

ललितपुरको गोदावरीमा भएको महासमिति बैठकले प्रस्तावलाई सर्वसम्मत् रुपमा नै पारित गरेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेस गर्नुभएको थियो ।

महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ । महामन्त्री थापाले गठबन्धन विरोधी साङ्गठनिक प्रस्ताव पेस गरे पनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान तथा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी हस्ताक्षर सङकलन गरिएको छ ।  बैठक आजै समापन भएको छ ।

Comment


Related News

Latest News

Trending News