अपडेट 
२०८० फाल्गुन ११, शुक्रबार १३:३७

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ ।

आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएकाे हाे । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबी अन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिबीच हिजो बंगलादेशको ढाकामा वार्ता भएको हो । विद्युत् बिक्री सम्झौताका हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको हाे । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने छ ।

Comment


Related News

Latest News

Trending News