![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/02/gaja-baramad-1708664666.jpg)
सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।
बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए।
गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए।
पक्राउ परेकालाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप परी थप अनुसन्धान गरिने एसपी ज्ञवालीले जानकारी दिए।