२०८० फाल्गुन ११, शुक्रबार १७:०२

सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।

बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए।

गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए।

पक्राउ परेकालाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप परी थप अनुसन्धान गरिने एसपी ज्ञवालीले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News