अपडेट 
२०८० फाल्गुन १२, शनिबार ०९:५२

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गैरकानुनी रूपमा आगमन कल बाइपास संचालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पर्साका ३७ वर्षीय विशाल साह कलवार र रूपन्देही २५ वर्षीय इमरान अहमद खान पक्राउ परेका हुन्। उनीहरू पोखरा महानगरपालिका-११ बस्थे। उनीहरूले कल बाइपास गरिरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। उक्त सूचना पाएपछि खटिएको टोलीले सिद्देश्वर मार्गस्थित विशाल गौतमको तीन तले घरबाट दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई १२८ क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कलबाइपास गरिरहेको अवस्थामा फेला पारेको हो।

बाइपास गर्न चाहिने उपकरणहरू पनि प्रहरीले बरामद गरेको छ।  प्रहरीले उनीहरूमाथि नेपाल दूरसंचार ऐन, २०५३ अनुसार अनुसन्धान अघि बढाएको छ।

Comment


Related News

Latest News

Trending News