अपडेट 
२०८० फाल्गुन १३, आईतवार ०७:३२

प्रत्येक वर्ष झैँ यस वर्ष पनि होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले महामुर्ख सम्मेलन गर्ने भएको छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले कार्यसमितिको बैठकबाट आगामी चैत ११ गते होली महोत्सव तथा १२ गते महामुर्ख सम्मेलनको आयोजना गर्ने निर्णय गरेको जानकारी दिए । अन्तःगृह परिक्रममाको तिथि मितिमा हेरफेर भए महामुर्ख सम्मेलनको समय पनि एक दिन तलमाथि सर्न सक्ने सम्भावना रहेको उनले बताए ।

सम्मेलनको तयारीका लागि मिनापका अध्यक्ष परमेश झाको अध्यक्षतामा ३१ सदस्यीय मूल समारोह समितिसमेत गठन गरिएको छ । त्यस्तै जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा आयोजना गरिने होली महोत्सव तथा महामुर्ख सम्मेलनको तयारीका लागि होली टिम चयन उपसमिति, संचार उपसमिति, उपाधि वितरण छनोट समिति, कार्यक्रम प्रस्तोता उपसमितिलगायतका समितिहरु गठन गरिएको उनले बताए । सो महामुर्ख सम्मेलनमा राष्ट्रिय तथा स्थानीय व्यक्तित्वहरुमध्येबाट छनोट गरी विभिन्न प्रकारको उपाधि दिँदै आएको छ ।

 

Comment


Related News

Latest News

Trending News