अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन् ।
आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।
सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै ‘बजेटका सिद्धान्त र प्राथमिकता’ छलफल थाल्ने गरी आज संसद्मा पेस गरेको हो ।
बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले विदेशी विनिमयको सञ्चिती राम्रो रहेको बताए । सरकारको राजस्व संकलन सन्तोषजनक नभए पनि सुधार उन्मुख रहेको उनले बताए । आउँदा वर्षहरुमा आर्थिक वृद्धीमा पनि सुधार आउने उनले बताएका छन् ।