अपडेट 
२०८० फाल्गुन १४, सोमबार १७:१८

मिटरब्याज र लघुवित्त पीडितहरुले संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका छन् ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवन प्रवेश गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सुतेर विरोध जनाएका थिए । संसद भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरु प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ४० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भित्रैबाट बोलाएको भन्दै उनीहरुले संसद भवन प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News