अपडेट 
२०८० फाल्गुन १५, मंगलवार ०८:०३

सप्तरीको बरमझियास्थित पेडा पसलहरुमा प्रादेशिक दुग्ध विकास बोर्ड मधेश प्रदेशले अनुगमन थालेको छ ।

प्रादेशिक दग्ुध विकास बोर्डका सदस्य दीपेन्द्र कुमार यादवको नेतृत्वमा गएको अनुगमन टोलीले सप्तरीको बरमझियामा उत्पादित पेडालाई ब्रान्डिङ, लेबलिङ, उत्पादन मिति र अन्तिम मितिसहितको विवरण उल्लेख गर्न निर्देशन दिएको छ । सो टोलीले पेडा व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई थप परिमार्जित गर्दै व्यवसायिक गतिविधिहरुमा जोड दिन उनीहरुलाई सुझाव दिएका छन् । सदस्य यादवले बरमझियाको पेडालाई राष्ट्रियस्तरमा आफ्नो पहिचान तथा यसको प्रवद्र्धनको लागि बोर्डले आवश्यक सहयोग गर्ने बताए । सो अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका कार्यालय प्रमुख विक्रम लिम्बुकोसमेत सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News