अपडेट 
२०८० फाल्गुन १५, मंगलवार १२:१३

बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा एक्कासि विस्फोट भएपछि मगर घाइते भएका थिए । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

सोमबार सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ

Comment


Related News

Latest News

Trending News