अपडेट 
२०८० फाल्गुन १६, बुधबार ०७:४९

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनको अन्तिम नतिजामा मिर्चैया नगरपालिका मधेश प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरको छ ।

मधेश प्रदेशको आठ जिल्लाका १३६ स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट ८६ अङ्क ल्याएर मधेशको एक मात्र नगरपालिका मिर्चैया नगरपालिकाले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरी, दोस्रो स्थानमा जनकनन्दिनी गाउँपालिकाले ७९ अङ्क , तेस्रो स्थानमा लालबन्दी नगरपालिकाले ७८ अङ्क, चौथो स्थानमा गौर नगरपालिकाले ७६.५ अङ्क , प्राप्त गरेको छ । त्यसैगरी, पाँचौँ स्थानमा बरहथवा नगरपालिकाले ७४ अङ्क प्राप्त गरेको छ ।

मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले भने वित्तीय अभिवृद्धि गर्नका लागि स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरूको पहिचान र यसको लेखाजोखा गर्ने उद्देश्यले नेपाल सरकारले वित्तीय मूल्यांकन कार्यविधि जारी गरेको बताए ।

मधेश प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गर्न सफल भएको उपलक्ष्यमा मेयर यादवले नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई सम्मान गर्नुका साथै धन्यवाद व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News