अपडेट 
२०८० फाल्गुन १६, बुधबार १७:४५

माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन माग गर्दै राजेन्द्र महतोको अभियानले काठमाडौमा प्रदर्शन गरेको छ ।

माइतीघरलाई निषेधित क्षेत्र बनाएको विरोधमा अभियानले र्यालीसहित निषेधित क्षेत्र तोड्न खोजेको हो । निषेधित क्षेत्र तोड्न भन्दै कमलपोखरी पुतलीसडक हुदै भद्रकाली पुगेको र्यालीलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो । त्यसपछि प्रदर्शनकारीहरु भद्रकालीमा नै धर्ना बसेका थिए । महतोले थालेको निषेधित क्षेत्र तोड्ने अभियानमासुमन सायमी समेत सहभागी हुनुभएको थियो । केहिदिन अघिमात्रै महतोले लोसपा छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News