२०८० फाल्गुन १६, बुधबार १४:३१

नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ।

बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।

नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।

त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्।

‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ।’

Comment

Related News

Latest News

Trending News