अपडेट 
२०८० फाल्गुन १७, बिहीबार ११:४१

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।

बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News