अपडेट 
२०८० फाल्गुन १८, शुक्रबार १६:३७

विभिन्न माग राख्दै आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन् ।

आफुहरुको मागको छिटो सुनुवाई गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन् । काठमाडौको भृकुटिमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो । उनीहरुले मिटरव्याजीलाई कारवाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगाएका नारा लगाएका थिए । सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले आन्दोलन गरिरहेका छन् ।

 

Comment


Related News

Latest News

Trending News