अपडेट 
२०८० फाल्गुन १९, शनिबार ०८:४९

स्थापनाको पहिलो चरणमै राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएका छन् ।

२०७७ मंसिरमा स्थापना भएको उक्त विश्वविद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु गरिएको छ । हाल अध्ययनरत रहेका ५० विद्यार्थी मध्ये छात्राहरुको संख्या समेत उल्लेख्य रहेको उक्त विश्व विद्यालयका उपकुलपति डा. बैद्यनाथ महतोले जानकारी दिए ।

विश्वविद्यालयका लागि भवन निर्माणका काम समेत अघि बढिसकेको बताउँदै उनले हाल भाडामै रहेको घरबाट कक्षा संचालनको व्यवस्था मिलाइएको जानकारी दिए । “भौतिक पूर्वाधारको व्यवस्थासँगै विद्यार्थी संख्या समेत बढेर जानेमा शंका छैन्, उनले भने– ‘घरकै भात खाएर छात्रछात्राले कृषिमा प्राविधिक उच्च शिक्षा पाएका कारण यस विश्वविद्यालयले भविष्यमा अझै सफलता प्राप्त गर्नेमा विश्वस्त छु ।” आगामी दिनमा अनुसन्धानात्मक कार्य समेत गरिने बताउँदै उनले जीविकोपार्जनको मूल आधार कृषि रहेको मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रमा समेत उलेख्य सुधार आउने दाबी गरे ।

राजविराजमा मधेश प्रदेश कृषि विश्वविद्यालय स्थापना भएपछि रोजगारीका साथै कृषि क्षेत्रमा उल्लेख्य सुधार आउने प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्णको भनाइ छ । सुरुमा कृषि विज्ञानको पढाई थालेको विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान, माछा विज्ञान र खाद्य प्रविधि विज्ञान गरी चार वटा संकायको स्नातक तहबाट पढाई हुने गरी तयारी अगाडि बढाएको छ ।

विश्वविद्यालय निर्माणका लागि राजविराज नगरपालिकाले वडा नं. १३ मा २६ विगहा ८ कठ १८ धुर जग्गा उपलब्ध गराएपछि गत माघ ८ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा जसपा अध्यक्ष उपेन्द्र यादवले भवन निर्माण कार्यको शिलान्यास गरेका थिए ।

Comment


Related News

Latest News

Trending News