अपडेट 
२०८० फाल्गुन १९, शनिबार १०:४६

सशस्त्र प्रहरीले सर्लाहीमा शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रस्थित जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको एक एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउण्ड गोली बरामद भएको हो । शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनायो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार खसेको बुझिएको छ । ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् ।

म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले उक्त व्यक्तिहरु नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीहरुले आशङ्का गरेका छन् ।  बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News