अपडेट 
२०८० फाल्गुन १९, शनिबार २३:१६

जनकपुरधाममा अन्तर्राष्ट्रिस्तरको गुणस्तरीय शिक्षा सहितको एक निजी विद्यालय संचालनमा आएको छ ।

मधेश प्रदेशमै शिक्षामा नयाँ आयाम सहितको जनकपुरधामको मिल्स एरियामा अत्याधुनिक सुविधा सम्पन्न विजडम ट्री इन्टरनेशनल नामक स्कूल संचालनमा आएको हो । पिजीदेखि कक्षा ५ सम्म संचालनमा आएको सो स्कूलमा विज्ञान, संगीत, रोबोटिक, गणित, कम्पूटर, पुस्तकालय र अन्तरराष्ट्रिय मापदण्डको स्मार्ट बोर्डसहितको स्मार्ट कक्षा कोठा, योग शिक्षा, मिथिला चित्रकलाको प्रशिक्षण लगायतका अत्याधुनिक सुविधाहरु सो स्कुलमा रहेको जनाइएको छ ।

शनिवार विद्यालय व्यवस्थापक पक्षले एक पत्रकार सम्मेलन आयोजना गरी विद्यालयको विशेषताको बारेमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा उपस्थित स्कूलका संस्थापक एवं मैनेजिंग डाइरेक्टर गौतम अग्रवालले जनकपुरधाम क्षेत्रमा धेरै निजी विद्यालय छन् । तर ती विद्यालयहरु शिक्षामा व्यापारीकरण गरिरहेकाले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको शिक्षा सहितको विद्यालयको आभाव देखेर विजडम ट्री इन्टरनेशनल स्कूल संचालनमा ल्याइएको भने ।

उनले ‘हाम्रो उद्देश्य नेपालको भविष्य’ मूल नाराका साथ संचालनमा ल्याइएको यस विद्यालयमा शिक्षा मात्र नभई विद्यार्थीमा संस्कृति र संस्कार, आधुनिक आवश्यकता अनुसारको प्राविधिक शिक्षा, मनोरञ्जनात्मक लगायतका शिक्षाहरुमा जोड दिइएको समेत जानकारी दिए ।
यस्तै विद्यालयका प्रधानाध्यापक डिजो जेकेले विद्यार्थीलाई परम्परागत किताबी ज्ञान बाहेक हामीले जीवनपयोगी शिक्षा समेत दिनेछौं । विद्यार्थीहरुको रुचि र क्षमताको आधारमा उनलाई जीवनपयोगी शिक्षा अतिरिक्त रुपमा दिइने छौं, जसले गर्दा आगामी दिनमा तिनीहरुलाई समस्या हुदैन भन्ने हाम्रो उद्देश्य रहेको बताए ।

विद्यालयका शिक्षक लभ झाले यस विद्यालयमा अन्य विद्यालयभन्दा फरक तथा अत्याधुनिक सुविधाहरु रहेको जानकारी दिदैं बच्चाहरुको मानसिक बोझ हुन नदिन खेलकूल सामाग्री, गीत संगीतको मध्यमले पढाउने, स्तरीय होस्टेलको व्यवस्था सहित विद्यार्थीमाथि निगरानी गर्न सिसिटीभीको व्यवस्था रहेको र यो विद्यालय अन्तर्राष्ट्रिय आईएसओ मान्यता प्राप्त रहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News