अपडेट 
२०८० फाल्गुन २०, आईतवार ०७:१२

तराई मधेश जोड्ने सीमावर्ती क्षेत्रमा तस्करी फ्स्टयाउँदै गएको छ । भारतको विहारमा रक्सी पूर्ण रुपमा बन्देज गरिएपछि नेपालवाट दिनहुँ जसो रक्सी र गाँजा निर्यात हुने गरेको छ भने भारतवाट लागू औषध ओसार पसार गर्ने क्रम बढ्दै गएको छ ।

भारत र नेपालको सीमा जोडिने नाकाहरु मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाका भएर दिनहुँ मदिरा र गाँजा र भारतबाट लागू औषध विभिन्न नाका हुँदै ओसार पसार हुँदै आएको छ ।

लागू औषधमा धनुषा लगायत अन्य जिल्लाका अधिकारीहरुले कडाइ गरे पनि ओसार पसार गर्ने क्रम भने रोकिएको छैन् । मदिरा र गाँजा प्रहरीकै मिलेमतोमा भारत पठाउने गरिएको छ । विभिन्न नाकाहरुबाट रातिको समयमा प्रहरीकै मिलेमतोमा बोर्डर क्रस गराइने गरेको छ भने भारत तर्फ एसएसवीको सहयोगमा मदिरा र गाँजा ओसार पसार हुने गरेको छ ।

लागू औषध ओसार पसारलाई नेपाल प्रहरीले भने कडाइ गरेको भए पनि रक्सी र गाँजा भने रोक लगाउन सकेको छैन् । शनिवार मात्रै महोत्तरी प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ ।

जिल्लाको सदरमुकाम जलेश्वरबाट पिपरा तर्फ जाँदै गरेको अवस्थामा प्रहरीलाई शंका लागेपछि सवार रहेको अटो रिक्सालाई खानतलासी गर्दा तीनजनासहित भारतबाट ल्याएको लागूऔषधसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको पिपरा गाउँपालिका– २ का ३६ वर्षीय मो. सिकिन्द्र हुसेन, मटिहानी नगरपालिका– ९ स्थित सिमरदहीका २० वर्षीय गुड्डु साफी र भारत बिहार राज्य जिल्ला सितामढी ग्राम सोनवर्षा ८ का २० वर्षीय सुबोध राउत रहेको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए । ज १ ह ३९४५ नं. को तीन पांग्रे अटो रिक्सालाई शंकाको आधारमा चेकजाँच गर्दा ती आरोपिहरु पक्राउ परेका छन् ।

पिपरा गाउँपालिकास्थित चोकमा इलाका प्रहरी कार्यालय सहोड्वाबाट खटिएको प्रहरी टोलीले चेक जाचँ गर्ने क्रममा आरोपिहरुको साथमा रहेको निलोकालो रंगको झोलाबाट नेपालमा प्रतिवन्धित अवैध लागूऔषध प्रोमेथोजिन हाइड्रोक्लोरेड इन्जिेक्सन आइपी लेखिएको ४९६ पिस र २ वटा प्लास्टिकको पोकामा रहेको बुप्रेनोर्फिन इन्जिेक्सन आइपी ४९९ पिस र डाइजेपाम इन्जिेक्सन आइपी ४९२ पिस गरी कुल १४८७ पिस लागूऔषध इन्जिेक्सनको भाइल र तीन थान मोबाइल बरामद गरी नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको बताए ।

Comment


Related News

Latest News

Trending News