अपडेट 
२०८० फाल्गुन २०, आईतवार ०७:२३

पौराणिक धार्मिक ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधाम ओझेलमा परेकाले यसको प्रचारप्रसारको आवश्यक रहेको भन्दै स्थानीय व्यवसायसहितकाहरुले जनकपुरधामलाई भारतको अयोध्यासँग जोड् नका लागि भिजिट जनकपुरधाम २०२४ अभियान विधिवतरुपमा सुरु गरिएको छ ।

जनकपुरधामलाई भ्रमण वर्षको रुपमा मनाउनका लागि जानकी मन्दिर प्रांगणबाट ‘भिजिट जनकपुरधाम २०२४’ अभियान सुरु गरेको छ । जनकपुरधाम–अयोध्या धार्मिक नगरीसँगै एकअर्काको पुरकको रुपमा समेत रहेकाले रामायण सर्किट अन्तर्गत यसको विशेष महत्व रहेकाले धार्मिक पर्यटनीय नगरीको रुपमा समेत जोड्नुपर्ने आवश्यकता रहेको मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताइन् ।

भिजिट जनकपुरधाम २०२४ अभियानमा रहेकाहरुलाई शनिबार जानकी मन्दिरको प्रांगणबाट विदाई गर्दै उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यादवले धार्मिक पर्यटनीय नगरीलाई जोड्नका लागि भिजिट जनकपुरधाम २०२४ ले विशेष माध्यम समेत रहेको बताए । उनले माता सीताको जन्मभूमि जनकपुरधाम, अयोध्या भगवान रामको जन्मभूमि रहेको भन्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले सीता र रामको विवाहदेखि विवाह हुनु अघि रामले तोडेको धनुषको टुक्रालगायतका धार्मिक महत्वका विभिन्न स्थलसमेत रहेकाले यसको प्रचारप्रसारसँगै जनकपुरधाम– अयोध्याको भ्रमणले नै धार्मिक भ्रमण पूर्णरुपेण सफलता मिल्ने हुनाले यसको प्रचारप्रसारमा निस्किएका भिजिट जनकपुरधामको टिमलाई विदाई गर्दै शुभकामना समेत दिइन् ।

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठापछि जनपुरधाममा भारतीय धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने उनले विश्वास व्यक्त गरिन् । पर्यटन पर्वधनको निम्ति नेपाल होटेल ब्यसाय संघको नेतृत्वमा ६० जनाको टोली भारतको अयोध्या तर्फ प्रस्थान गरेका छन् । जनकपुरधामको पर्यटन प्रवद्र्धनका लागि भिजिट जनकपुरधाम २०२४ अभियानल फलदायी हुने अनुमान गरिएको छ ।

यस भ्रमण वर्षलाई सफल बनाउन न्यू भिजन नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, विश्व हिन्दु परिषद् नेपाललगायतहरु लागिपरेका छन् । भिजिट जनकपुर २०२४ ले प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिंकु मिश्र ‘गायत्री’ र नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिका उपाध्यक्ष ज्योति झालाई मनोनयन गरेको संयोजक साहले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News